ad ad

राजनीति


त्रिविको कुलपति बनेर कुनै लाभ र भत्ता लिएको छैन : प्रधानमन्त्री ओली

त्रिविको कुलपति बनेर कुनै लाभ र भत्ता लिएको छैन : प्रधानमन्त्री ओली

नेपालखबर
साउन १५, २०८१ मंगलबार १३:४३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू त्रिभुवन विश्वविद्यालयको कुलपति बनेर कुनै लाभ लिनपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका छन्। विश्वविद्यालयको साधारण सभा (सिनेट) लाई सम्बोधन गर्ने क्रममा कुलपति समेत रहेका ओलीले आफूलाई कुलपति रहिरहन आवश्यक नभएको पनि बताए। 

प्रधानमन्त्री नै कुलपति रहने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उनले सभाले नराख्ने निर्णय गरेमा आफूलाई कुलपति बनिरहन आवश्यक नभएको बताए। 

कुलपति भएर विश्वविद्यालयबाट कुनै लाभ लिनुनपर्ने र सभाका बैठक भत्ता पनि नलिएको ओलीको भनाइ थियो। विश्विद्यालयमा समावेशीता सहभागिताका आधारमा परिणाम निकाल्न सक्ने गरी निर्णय हुनुपर्ने पनि उनले जिकिर गरेका छन्।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई पनि सहभागी थिइन्। 

बैठकले विभिन्न संकायबाट ६२ औँ ग्रेसलिष्टमा समाविष्ट ७३ हजार नौ सय ९५  विद्यार्थीलाई उपाधि प्राप्तिका लागि अनुमति प्रदान गरेको छ।

यस्तै, चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .