ad ad

राजनीति


बिचौलियाको पहलमा कांग्रेस-एमाले गठबन्धन बन्यो : प्रचण्ड

बिचौलियाको पहलमा कांग्रेस-एमाले गठबन्धन बन्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ११औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
साउन ९, २०८१ बुधबार १०:१७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेको गठबन्धन षड्यन्त्रमूलक ढंगले बनेको आरोप लगाएका छन्। 

आज (बुधबार) बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व. नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले कांग्रेस-एमालेको सरकार षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा बनेको दाबी गरेका हुन्। 

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ११औँ  स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा कर्माचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त/रासस

‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सैह्य भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ’, प्रचण्डले भने, ‘र उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, समाज र आम जनतामा छर्लङ्ग छ।’

आफू नेतृत्वको सरकारले सामन्ती अवशेषका रूपमा रहेको मिटरब्याजविरोधी कदम र मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको आरोप प्रचण्डले लगाएका छन्। 

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ११औँ  स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नरबहादुर कर्माचार्य  प्रतिष्ठानको त्रैमासिक वैचारिक जर्नल ‘अनुशीलन’ लोकार्पण गर्दै प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त/रासस

उनले भने, ‘मुख्य रूपमा सुशासनको सवालमा नेपालको इतिहासमै दूरगामी पहल भएपछि एउटा वर्ग, एउटा तप्का,भ्रष्टाचारमा लिप्त हुने तत्त्वहरूलाई सैह्य भएन।’

राम्रो काम गर्दागर्दै आफूले सरकार छाड्नु परे पनि राजनीतिक रूपमा राम्रो आधार बनेको दाबी गर्दै त्यसलाई संगठनमा बदल्ने अवसर प्राप्त भएको उनले बताए। 

अब पार्टीलाई एकताबद्ध र नीति कार्यक्रम जनमुखी बनाउने अभियानमा आफू लाग्ने प्रतिबद्धता उनले जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .