ad ad

राजनीति


संविधान संशोधन गर्दा ‘नो भोट’को पनि व्यवस्था गर्नुपर्छ : सुदन किराँती

संविधान संशोधन गर्दा ‘नो भोट’को पनि व्यवस्था गर्नुपर्छ : सुदन किराँती

नेपालखबर
साउन ८, २०८१ मंगलबार १६:८, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले सत्तारुढ कांग्रेस–एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले धेरै दलमध्येबाट एउटा दलले जित्ने कुरा मुख्य कुरा हुने भन्दै दुई दलीय प्रणालीको अवधारणा सही नभएको प्रतिक्रिया समेत दिए।

सांसद किरातीले संविधान संशोधन गर्दा अग्रममनका एजेण्डालाई अघि बढाउन पनि सत्तारुढ गठबन्धनलाई सचेत गराए। उनले संविधान संशोधन गर्दा नो भोटको पनि व्यवस्था गर्नुपर्ने बताए।

उनले भने, ‘दुई दलीय प्रणालीको पनि कुरा यहाँ उठेको छ। के लोकतन्त्रमा दुई दल मध्ये एउटा दल छान्नु लोकतन्त्र हो? कि धेरै दलमध्ये एउटा दल छान्नु लोकतन्त्र हो? खेलकुदमा एक जनाको जित्छ, जसले मेहनत गर्छ। अरुलाई रेखाभन्दा बाहिर निकालेर होइन सभामुख महोदय। त्यसकारण लोकतन्त्रमा जनतालाई बलियो बनाउनका निम्ति संविधान संशोधन गर्दाखेरी धेरै अग्रममनका एजेण्डाहरु हालेर त्यसमा नो भोटको सिष्टम पनि गर्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु।’

सांसद किरातीले जनतालाई बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्ने जिकिर पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .