ad ad

राजनीति


दुई ठूला दल एकै ठाउँमा उभिँदा निरंकुशता जन्मने डर छ : शेखर कोइराला

दुई ठूला दल एकै ठाउँमा उभिँदा निरंकुशता जन्मने डर छ : शेखर कोइराला

नेपालखबर
साउन ८, २०८१ मंगलबार १६:१६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले संसद्का दुई मुख्य ठूला दल एकै ठाउँमा उभिँदा निरंकुशता जन्मने डर भएको टिप्पणी गरेका छन्। 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री एउटै भएर देशको पोलिसि चेन्ज हुँदा अघि बढ्न समस्या भएको पनि बताए। 

‘यो सरकार बनाउनुपूर्व निर्वाचन भयो, निर्वाचन हुँदा कांग्रेस र माओवादी एक ठाउँमा थियो। सरकार माओवादी र एमालेको बन्यो। त्यसपछि कांग्रेस र माओवादीको बन्यो। फेरि माओवादी र एमालेको बन्यो,’ कोइरालाले अघि भने, ‘प्रधानमन्त्री उही हुनुहुन्छ, पोलिसी चेन्ज भइरहेको छ। अनि देश कसरी अघि बढ्छ। उहाँहरु भन्नुहुन्छ, राम्रोसँग चलिरहेको थियो, किन चेन्ज गरेको। दुई ठूला दल एक ठाउँमा उभिँदा कतै निरंकुशता त जन्मिदैँन भन्ने डर छ।’

साथै, उनले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको बताए।

संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको जिकिर गरे।

‘संविधान संशोधनको कुरा गर्दा यस पटक संसदमा दुई तीन वटा कुरा आयो। यो संविधान के खराबी छ र? यसमा कमी कमजोरी के छ? चल्दै थियो, किन गर्ने? भन्नेकुराहरू आए। तर उहाँहरुले एउटा कुरा पढ्नुभएको छैन जस्तो लाग्यो,’ कोइरालाले भने, ‘१० वर्षमा यसलाई पुनरावलोकन गर्नुपर्छ भन्नेकुरा उहाँहरूले बिर्सिनुभएछ। यो संविधानमै लेखिएको छ। केके कुरामा पुनरावलोकन गर्ने भन्नेकुरा पक्कै पनि आउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .