ad ad

राजनीति


कांग्रेस र एमालेबीच भएको सहमति भोलि प्रधानमन्त्रीले संसद्‌मा पढेर सुनाउनुपर्छ : गगन थापा

कांग्रेस र एमालेबीच भएको सहमति भोलि प्रधानमन्त्रीले संसद्‌मा पढेर सुनाउनुपर्छ : गगन थापा

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०८१ शनिबार १२:३१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सरकार निर्माण लगायतका विषयमा पछिल्लो पटक नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सार्वजनिक गर्नुपर्ने बताएका छन्।

शनिबार ४२ औं विपी स्मृति दिवसका सन्दर्भमा ओजित एक कार्यक्रममा थापाले भोलि विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सहमति संसदमा पढेर सुनाउनुपर्ने जिकिर गरे।

‘हाम्रो सहमतिमा बन्ने प्रधानमन्त्रीले संसदमा भोलि विश्वासको मत लिँदै गर्दा यति बुँदामा नेपाली कांग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ,’ उनले भने, ‘नेपाली कांग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ। ७ बुँदामा सहमति भयो भनेको छ। ७ बुँदा के हो भनेर भोलि पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु। किनभने हामीले त पढ्यौं त्यसलाई। पढेकै आधारमा पार्टीभित्र निर्णय गर्‍यौं। पढेकै आधारमा निर्णय गरेको हुनाले कम्तिमा त्यसको एउटा मर्यादा राखौं भनेर हामीले सोच्यौं।’

प्रधानमन्त्रीले त्यसो गर्नेमा आफूलाई विश्वास रहेको समेत थापाले बताए। ‘त्यसको स्वयं एउटा हस्ताक्षरकर्ता आफैं प्रधानमन्त्री भएकाले गर्दा उहाँको त्यो जिम्मेवारी पनि हो। एउटा अवसर पनि हो। र, मलाई विश्वास पनि छ,’ उनले भने।

गत असार १७ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन दुईलले सहमति गरेका थिए। उक्त सहमति अहिलेसम्म औपचारिकरुपमा सार्वजनिक भएको छैन।

नयाँ सहमति अनुसार प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत लिँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .