ad ad

राजनीति


परराष्ट्रमन्त्रीको पहिलो निर्णय– राष्ट्रिय दिवसमा मित्र राष्ट्रलाई सन्देश पठाउने

परराष्ट्रमन्त्रीको पहिलो निर्णय– राष्ट्रिय दिवसमा मित्र राष्ट्रलाई सन्देश पठाउने

तस्बिर : सरोज बैजु


नेपालखबर
असार ३१, २०८१ सोमबार १६:२, काठमाडौँ

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छिन्। सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले सोमबार दिउँसो पदभार ग्रहण गरेकी हुन्। 

पदभार ग्रहणपछि उनले राष्ट्रिय दिवसमा मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई सन्देश पठाउने निर्णय गरेकी छिन्। 

यो उनको पहिलो निर्णय हो। यसअघि राजतन्त्र हुँदा सम्मा मात्रै यो प्रचलन थियो।

त्यसअघि उनले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर स्व. नेता बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेकी थिइन्। 

प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .