ad ad

राजनीति


कानुन मलाई पनि लाग्छ, अनुसन्धान गरियोस् : रवि लामिछाने

कानुन मलाई पनि लाग्छ, अनुसन्धान गरियोस् : रवि लामिछाने

नेपालखबर
असार ३०, २०८१ आइतबार १६:४, काठमाडौँ

उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारीबाट बिदा हुँदै रास्वपा सभापति रवि लामिछानेले आफ्नोबारे जबरजस्त प्रश्न उठाइएकाले अनुसन्धान गर्न चुनौती दिएका छन्। 

आइतबार मन्त्रालयबाट बिदा हुँदैगर्दा आयोजित पत्रकार सम्मेलनमा उनले कानुन आफूलाई पनि लाग्ने बताए।

‘मेराबारे पनि जबरजस्त प्रश्न उठाइएको छ। मैले त पहिला पनि केही भनेको थिइन,’ उनले भने, ‘तर, आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेरोबारे पनि अनुसन्धान गर्नुस्। गलत गरेको भए कानुन मलाई पनि लाग्नुपर्छ।’

सरकार परिवर्तन हुनु अनौठो कुरा नभएको भन्दै त्यसको प्रभाव प्रहरी र कर्मचारीमा हुन नहुने उनको भनाइ थियो। 

‘हामी कहाँ सरकार परिवर्तन अनौठो कुरा नै होइन। तर, सरकार परिवर्तनको प्रभाव प्रहरी र कर्मचारी प्रशासनमा पर्नु हुँदैन। सकेसम्म नपार्ने प्रयास गर्नुहोला,’ उनले भने। 

नक्कली भुटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निश्पक्ष र प्रभावकारी रुपमा अगाडि बढाउन पनि उनले नयाँ बन्ने सरकारलाई आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .