ad ad

राजनीति


भारतले प्रकोपका बेला सहयोग गरेपछि चिनियाँ राजदूतले दिए धन्यवाद

भारतले प्रकोपका बेला सहयोग गरेपछि चिनियाँ राजदूतले दिए धन्यवाद

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १०:१८,

कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको चीनको वुहान सहरमा भारतले स्वास्थ्य सामग्री पठाएपछि चीनले धन्यवाद दिएको छ।

भारतका लागि चिनियाँ राजदूत सुन वेइदुङले भारतलाई धन्यवाद दिएका हुन्।

बुधबार भारतीय वायुसेनाको विमान १५ टन स्वास्थ्य सामग्री बोकेर वुहान पुगेको थियो।

भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले दुःखको बेला चिनियाँ जनताप्रति ऐक्यबद्धतास्वरुप सो सहयोग गरिएको बताएका थिए।

चिनियाँ राजदूत सुनले त्यसप्रति कृतज्ञता ज्ञापन गर्दै वुहानमा रहेका भारतीहरुलाई सुरक्षित फर्काउन सहयोग गरिएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .