ad ad

समाज


ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १०:१३,

सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरस्थित सडक किनारमा रोकिराखेको ट्रकमा आज मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

बिग्रिएर सडक किनारमा रोकिराखेको ना३ख ९०२४ नंको ट्रकमा स८प ७७१२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ४० वर्षीय विपया दासको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते दासलाई तत्कालै उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो ममोरियल अस्पतालमा भर्ना गरिएकामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

सोही दुर्घटनामा परी मोटरसाइकल चालक सिरहाकै कल्याणपुर नगरपालिका–८ निवासी २७ वर्षीया सोनिया दास घाइते भएको र उनको फूलकुमारी महतो ममोरियल अस्पतालमा उपचार भइरहेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .