ad ad

राजनीति


रास्वपा महामन्त्री ढकालबारे उपसभापति अर्याल : अनुशासनबाहिर गएको भए कारबाही हुन्छ

रास्वपा महामन्त्री ढकालबारे उपसभापति अर्याल : अनुशासनबाहिर गएको भए कारबाही हुन्छ

नेपालखबर
असार १७, २०८१ सोमबार १७:३८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने बताएका छन्।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी महामन्त्री डा. मुकुल ढकालबारे राखेको जिज्ञासामा यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले अहिले केही पनि नभएको र महामन्त्रीलाई दिएको जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई बुझाएको भन्दै बुधवार बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले सोबारेमा निर्णय लिने बताए।

उनले बैठकमा महामन्त्री ढकालले बुझाएको प्रतिवेदनबारे छलफल हुने बताउँदै पार्टीको अनुशासनबाट बाहिर गएर काम गर्ने जो कसैलाई पनि कारबाही हुने बताए।

उनले भने, ‘उहाँलाई एउटा जिम्मेवारी दिइएको थियो। त्यो जिम्मेवारी पूरा गरेर फर्किनुभएको होला। त्यसकारणले पार्टी सभापतिज्यूलाई बुझाउनुभएको छ। हामी बैठक बस्दैछौँ। पर्सिको बैठकबाट के गर्नुपर्ने हो, त्यो गर्छौं।’

उनले थपे, ‘पार्टीको अनुशासनबाट कोही बाहिर जान्छ भने त्यो कारबाही हुनसक्छ।’

उनले आफूले प्रतिवेदन नपाएको प्रतिवेदन पाएर अध्ययन गरेपछि मात्रै आफ्नो धारणा बनाउने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .