ad ad

राजनीति


तीन घण्टादेखि बालुवाटारमा प्रचण्ड र ओलीको वार्ता

तीन घण्टादेखि बालुवाटारमा प्रचण्ड र ओलीको वार्ता

नेपालखबर
असार १७, २०८१ सोमबार १२:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ। सोमबार बिहान साढे ९ बजेदेखि सुरू भएको भेटवार्ता अहिले पनि जारी छ। 

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, बीचमा केहीबेर बैठक रोकिएको थियो। पूर्वाञ्चल विश्वविद्यालय परिषद्को बैठकमा प्रधानमन्त्री सहभागी हुनुपर्ने भएपछि रोकिएको बैठक पुनः अहिले चलिरहेको छ। 

‘छलफलका विषय अहिलेसम्म थाहा पाइएको छैन,’ स्रोतले भन्यो, ‘बैठक चलिरहेकै छ।’

उनीहरूबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।  प्रचण्डले आजको छलफलका लागि स्थान पनि नयाँ राजेको छन्। 

यसअघि गत शनिबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ओलीले लगभग तीन घण्टा छलफल गरेपछि राजनीति तरंगित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .