ad ad

राजनीति


बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न वनस्थलीमा रास्वपाको बैठक

बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न वनस्थलीमा रास्वपाको बैठक

काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बुधबार बिहान जारी रास्वपा केन्द्रीय समितिको बैठक।


नेपालखबर
असार १९, २०८१ बुधबार ९:३९, चितवन

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ। 

बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केही बेरअघि सुरु भएको हो। 

बैठकमा महामन्त्री मुकुल ढकालको प्रतिवेदन र पछिल्लो राजनीतिक परिस्थिति एजेन्डा रहेको रास्वपा सांसदख अशोक चौधरीले नेपालखबरलाई जानकारी दिए। 

नेकपा एमालेले वर्तमान सत्ता गठबन्धन तोडेर प्रमुख प्रतिपक्षी दलसँग सत्ता सहकार्य गर्ने निर्णय गरेपछि सत्तारुढ रास्वपा छलफलमा जुटेको हो। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रहेको रास्वपाले नयाँ बनेको कांग्रेस–एमाले गठबन्धनको सरकारमा सामेल नहुने यसअघि नै बताइसकेको छ। यद्यपि औपचारिक निर्णय आउन बाँकी छ।  

बुधबार बिहान जारी रास्वपा केन्द्रीय समितिको बैठक।

वर्तमान सरकारमा रास्वपा सभापति रवि लामिछाने (उपप्रधान तथा गृहमन्त्री) को नेतृत्वमा सामेल छ।

कांग्रेस–एमालेको गठबन्धन बन्नुअघि नै महामन्त्री ढकालको समीक्षा यात्राको प्रतिवेदनले खैलाबैला मच्चिएको रास्वपालाई पछिल्लो राजनीतिक परिस्थितिको तनाव पनि थपिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .