ad ad

राजनीति


रास्वपा महामन्त्री मुकुल ढकाल मास्कमाथि कालो टेप लगाएर पार्टी बैठकमा

रास्वपा महामन्त्री मुकुल ढकाल मास्कमाथि कालो टेप लगाएर पार्टी बैठकमा

सरोज बैजु
असार १९, २०८१ बुधबार १०:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर पार्टीको जारी केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।

समीक्षा यात्राको प्रतिवेदनका कुरा सार्वजनिक गरेपछि विवादमा परेका महामन्त्री ढकालले बैठकमा बोल्न पाउने अधिकार हनन भएको आरोप लगाउँदै मुखमा टेप लगाएका हुन्। 

महामन्त्री ढकालको प्रतिवेदनसँगै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको हो। 

नेकपा एमालेले वर्तमान सत्ता गठबन्धन तोडेर प्रमुख प्रतिपक्षी दलसँग सत्ता सहकार्य गर्ने निर्णय गरेपछि सत्तारुढ रास्वपा छलफलमा जुटेको हो। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रहेको रास्वपाले नयाँ बनेको कांग्रेस–एमाले गठबन्धनको सरकारमा सामेल नहुने यसअघि नै बताइसकेको छ। यद्यपि औपचारिक निर्णय आउन बाँकी छ।  

वर्तमान सरकारमा रास्वपा सभापति रवि लामिछाने (उपप्रधान तथा गृहमन्त्री) को नेतृत्वमा सामेल छ।

कांग्रेस–एमालेको गठबन्धन बन्नुअघि नै महामन्त्री ढकालको समीक्षा यात्राको प्रतिवेदनले खैलाबैला मच्चिएको रास्वपालाई पछिल्लो राजनीतिक परिस्थितिको तनाव पनि थपिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .