ad ad

समाज


काभ्रेमा शंकास्पद अवस्थामा भेटियो शव, छोरा र साढुभाइ पक्राउ

काभ्रेमा शंकास्पद अवस्थामा भेटियो शव, छोरा र साढुभाइ पक्राउ

नेपालखबर
असार १७, २०८१ सोमबार १२:३४, काठमाडौँ

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–७ चापाखोरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

स्थानीय ६५ वर्षीय टुल्कु लामा सोही स्थानमा रहेको खरबारीमा रहेको अमलाको रुखनजिकै मृत भेटिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार सुरुमा उनका छोरा मिलन लामाले बुवा टुल्कु मादक पदार्थ सेवन गरी घर पुगेको तर खाना खाने बेला नेभेटिएपछि खोजी गर्दा अमलाको रुखमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको भनी सूचना दिएका थिए।

तर प्रहरी घटनास्थल पुग्दा डोरी फुकाइएको पाइएको थियो। मिलनले भने बुवा बाँच्ने आशामा डोरी आफूले फुकाइदिएको दाबी गरेका छन्। 

तर समुदायका अन्य व्यक्तिले घटना शंकास्पद देखिएको भनी प्रहरीमा अर्को निवेदन दिएपछि प्रहरीले मृतकका छोरा मिलन र साढुभाइ नाता पर्ने रोशी गाउँपालिका–९ का २६ वर्षीय अर्जुन तामाङलाई पक्राउ गरेको हो। 

झुण्डिएको अवस्थामा नभई अमलाको फेदमा शव रहेको, कञ्चट, टाउको पछाडि ३ इन्च गहिरो चोट, शरीरमा ठूलो घाउ देखिएको स्थानीयले दिएको निवेदनमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .