ad ad

राजनीति


रास्वपा महामन्त्रीको स्पष्टीकरणः बोल्न पाउने अधिकार हनन भएकाले मुखमा टेप लगाएँ

रास्वपा महामन्त्रीको स्पष्टीकरणः बोल्न पाउने अधिकार हनन भएकाले मुखमा टेप लगाएँ

नेपालखबर
असार १९, २०८१ बुधबार ११:१४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पाटीको बैठक लाइभ नगरिएकाले आफू मुखमा कालो टेप लगाएर बैठकमा उपस्थित भएको स्पष्टीकरण दिएका छन्। 

बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा ढकाल मुखमा कालो टेप लगाएर उपस्थित भएका छन्। उनले आफ्नो बोल्न पाउने अधिकार हनन भएकाले त्यसो गरेको उल्लेख गरेका छन्।

‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ ढकालको भनाइ छ।

बदलिँदो राजनीति र ढकालको समीक्षा प्रतिवेदनबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो।

देशदौडाहा गरेर आएका महामन्त्री ढकालले अहिलेकै हिसाबले पार्टी चलिराखे आउँदो चुनावमा राष्ट्रिय पार्टीसमेत नहुने खतरा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।

उक्त प्रतिवेदनपछि पार्टीभित्रैबाट आलोचना खेपीरहेका ढकालले आफ्नो प्रतिवेदनमाथि छलफल गर्दा केन्द्रीय समिति बैठक लाइभ हुनुपर्ने माग राखेका थिए। तर, पार्टीले भने उनको अडान स्वीकार गरेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .