ad ad

राजनीति


देशलाई युक्रेनको दिशामा घिसार्ने कालो सपनाहरू मडारिएका छन् : विप्लव

देशलाई युक्रेनको दिशामा घिसार्ने कालो सपनाहरू मडारिएका छन् : विप्लव

तस्बिर : सरोज बैजु


नेपालखबर
असार १६, २०८१ आइतबार १५:५, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकलाई युक्रेनको दिशामा घिसार्ने कालो सपनाहरू मडारिइरहेको दाबी गरेका छन्।

आइतबार नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन्।

‘नेपाल पेचिलो अवस्थामा उभिएको छ। भूराजनीतिक हिसाबले ठूलो दबाबमा छ भन्ने कुरा हामीलाई थाहा छ,’ उनले भने, ‘आज सम्पूर्ण कुतत्वहरूको आँखा नेपालमा परिरहेको छ। जियोपोलिटिक्समा युक्रेनको दिशामा घिसार्ने कालो सपनाहरू मडारिरहेको देख्छौँ।’

उनले नेपाली कांग्रेससहितको लोकतान्त्रिक यात्रामा लाग्नुपर्ने बताउँदै भने, छ

साथै, एकीकृत समाजवादीजस्तो दुईवटा प्रधानमन्त्री भइसकेको पार्टी अर्को नभएको बताए। 

‘सायद दुईवटा प्रधानमन्त्री भएको पार्टी यही नै होला। यो ऐतिहासिक भूमिका निर्वाह गरेर आउनुभएका व्यक्तित्व हुनुहुन्छ,’ उनले भने। 

यथास्थितिलाई संरक्षण गर्न नहुने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .