ad ad

राजनीति


जबज स्वार्थपूर्तिको माध्यम होइन : अध्यक्ष ओली

जबज स्वार्थपूर्तिको माध्यम होइन : अध्यक्ष ओली

नेपालखबर
असार १४, २०८१ शुक्रबार १८:०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन्। 

शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको उनको भनाइ थियो। साथै, उनले जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको पनि बताए। 

‘जनताको बहुदलीय जनवादले हामीलाई लगातार अझ बढी प्रभावकारी ढंगले अघि लगेको छ। जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ। हामी जनताको बहुदलीय जनवादप्रति ओठेभक्ति होइन। आफ्नो स्वार्थ पूरा गर्नका लागि होइन। मौका मिले जबज कार्यक्रम हो, मौका नमिले होइन। अझ राम्रै मौका मिल्ने भयो भने सिद्धान्त हो, मौका नमिले होइन,’ ओलीले भने।

जबज मौकारस्तको माध्यम नभएको बताउँदै ओलीले जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरुलाई प्रभावकारी रूपमा अघि बढाइरहेको उल्लेख गरे। 

‘स्वार्थ पूरा नगर्ने भए केही पनि होइन। यस्तो खालको जबजप्रतिको हाम्रो दृष्टिकोण, हाम्रो निष्ठा यस प्रकारको मौकाप्रस्थ होइन। जबज हामीले भनेको मदन भण्डारी हाम्रो अत्यन्त निकट मित्र हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो, आफन्त हुनुहुन्थ्यो, चिने जानेको मान्छे हुनुहुन्थ्यो, उहाँको अगुवाईमा भएको हुनाले जबज त कसरी छोड्ने, भन्नेकुरा होइन,’ उनले भने, ‘यो देशको अग्रगमनका लागि जननेता मदन भण्डारीले उहाँको अगुवाईमा यसमा धेरै अतिसयुक्ति हुनु हुँदैन। उहाँको अगुवाईमा नेकपा एमालेले जनताको बहुदलीय जनवाद प्रत्युत्पादन ग¥यो। जबज कुनै ध्यानबाट, तपबाट कुनै आसन, व्यायाम, ध्यान कठोर तपस्या यस्ता कुराबाट होइन। ध्यान देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .