हङकङमा गहना पसलको त्यो लुटपाट, जहाँ भएको थियो दुई पाकिस्तानी सुरक्षाकर्मीको हत्या

हङकङमा गहना पसलको त्यो लुटपाट, जहाँ भएको थियो दुई पाकिस्तानी सुरक्षाकर्मीको हत्या

घटनाका एक अभियुक्तलाई अदालत लगिँदै (एससीएमपी)


नेपालखबर
असार १४, २०८१ शुक्रबार १८:२८, हङकङ

हङकङमा लुटपाटका घटना नौला होइनन्। केही दिनको अन्तरालमा कहीँ न कहीँ केही न केही साना-ठूला लुटपाटका समाचार सुनिँदै आइरहेकै हुन्छन्।

कहिले अनलाइन ठगी, कहिले घरमा लुटपाट त कहिले पसल लुटपाटका समाचार आइरहन्छन्।

त्यस्तै, पसलको हकमा कहिले घडी त कहिले गहना (ज्वेलरी) जस्ता बहुमूल्य सामानका पसलमा लुटपाट भएको पाइन्छन्।

यस्ता घटना अहिले मात्र होइन, पहिले पनि घट्ने गर्दथे। यस्तै एउटा घटनाको चर्चा यहाँ गर्न खोजिएको छ।

आजभन्दा ठ्याक्कै ४१ वर्षअघि गहना पसलमा भएको लुटपाटका बारे यहाँ चर्चा गर्न खोजिएको हो। जुन, घटनामा दुई पाकिस्तानी सुरक्षाकर्मीको हत्या भएको थियो।

४१ वर्षअगाडि आजकै दिन अर्थात् २८ जुन १९८३ मा साउथ चाइना मर्निङ पोस्टमा एउटा समाचार प्रकाशित भएको थियो।

‘सशस्त्र लुटेराले हिजो चिमसा चोइमा दुई पाकिस्तानी सुरक्षाकर्मीलाई गोली हाने’ शीर्षकमा प्रकाशित उक्त समाचारअनुसार नाथन रोडमा रहेको किङ फुक गोल्ड एन्ड ज्वेलरी कम्पनीमा आक्रमण भएको उल्लेख छ।

गोली प्रहारबाट मृत्यु भएका पाकिस्तानी सुरक्षाकर्मीलाई अन्त्येष्टिका लागि लैजाने क्रममा (एससीएमपी)

समाचारअनुसार, ३८ क्यालिबरको बन्दुक, पेस्तोल लगायतका हतियार बोकी मास्क लगाएका दुई व्यक्ति पसलमा प्रवेश गर्छन्।

पसलमा रहेका कर्मचारी चिच्याएपछि एक जनाले चेतावनीयुक्त हवाई खोल्छन्। तुरुन्तै, उनीहरू काउन्टरमा प्रवेश गरी १० वटा सुनका गहना भएका ट्रे आफ्नो झोला भर्छन्। ती सामान त्यतिखेरको मूल्य अनुसार २४ लाख ७० हजार हङकङ डलरका थिए।

डकैती चलिरहेकै बेला सुरक्षाकर्मीहरू मन्नेज खान र जबित खान प्रतिवादमा उत्रन्छन्।

सुरक्षाकर्मीहरू प्रतिवादमा उत्रिएको देखेपछि पसल बाहिर कारमा रहेका व्यक्ति बाहिर निस्कन्छन् र ४५ क्यालिबर बन्दुकबाट तीन राउन्ड गोली प्रहार गर्छन्।

उनले प्रहार गरेको गोलीबाट सुरक्षाकर्मी जबित खानको घाँटी र छातीमा दुई वटा गोली लागेको थियो भने मनरेज खानको टाउकोमा गोली लागेको थियो।

यस घटनाका अभियुक्तले सजाय पाइसकेका छन्। १६ जुन १९८४ मा पोस्टमा प्रकाशित समाचारअनुसार उनीहरूलाई १५ जुनमा उच्च अदालतले १५ र २२ वर्षको सजाय सुनाएको थियो। पछि पुनरावेदनको आदेशमा उनीहरूको सजायमा फेरबदल भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .