ad ad

राजनीति


भारतसँग जस्तै चीनसँग पनि मन्त्रीस्तरीय संयुक्त आयोग बनाउन नेपालको प्रस्ताव

भारतसँग जस्तै चीनसँग पनि मन्त्रीस्तरीय संयुक्त आयोग बनाउन नेपालको प्रस्ताव

नेपालखबर
असार ११, २०८१ मंगलबार १५:४२, काठमाडौँ

नेपालले दुवै देशका परराष्ट्रमन्त्री रहने गरी संयुक्त आयोग बनाउन चीनसँग प्रस्ताव गरेको छ। 

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको मंगलबार काठमाडौंमा सुरु भएको १६ औं बैठकमा नेपालले उक्त प्रस्ताव गरेको हो।

अहिले नेपाल र चीनबीच परराष्ट्र सचिव तहसम्मको मात्रै द्विपक्षीय कूटनीतिक संयन्त्र रहेको छ। भारतसँग भने पहिलेदेखि नै परराष्ट्रमन्त्रीस्तरीय आयोग रहेको छ।

मन्त्रीस्तरीय संयन्त्रमा बसेर नै दुई देशबीच समस्या समाधान गर्न सहज हुने भन्दै नेपालले बैठकमा आयोगको प्रस्ताव गरेको गृहकार्यमा सहभागी स्रोतले बतायो।

उक्त प्रस्तावमा चीनको प्रतिक्रिया भने बाहिर आइसकेको छैन। 

पछिल्लो समय चीनसँग नेपालको हरेक क्षेत्रमा सम्बन्ध र सम्पर्क बढ्दै गएकाले ती विविध विषयमा समग्र छलफल गरी निकास दिन सहज हुने भएकाले नेपालले मन्त्रीस्तरीय आयोगको आवश्यकता महसुस गरेको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .