ad ad

राजनीति


रास्वापालाई सहकारी ठगीबाट आफ्नो सभापति कसरी जोगाउने भन्ने चिन्ता छ : विश्वप्रकाश

रास्वापालाई सहकारी ठगीबाट आफ्नो सभापति कसरी जोगाउने भन्ने चिन्ता छ : विश्वप्रकाश

फाइल फोटो


नेपालखबर
असार ११, २०८१ मंगलबार १५:४१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ, भन्ने चिन्ता रहेको पार्टीले देश बनाउन नसक्ने बताए।

नेता शर्माले नेकपा एमालेप्रति लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेट प्रकरणबाट जोगाउन लागिपरेको बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्नेगरी काम गर्न नसकेको आरोप पनि लगाए।

उनले प्रधानमन्त्री दाहालाई गणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै ध्यान रहेको बताए।

महामन्त्री  शर्माले भने, ‘एउटा दललाई कसरी हुन्छ आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट जोगाउन सकियोस््। कारबाहीको प्रक्रियाबाट जोगाउन सकियोस्। एउटा दलको चिन्ता जम्मा त्यति मात्रै छ। अर्को दलको चिन्ता कसरी हुन्छ आफ्नो अध्यक्ष गाँसिएको गिरिबन्धुको ठगीबाट अध्यक्षज्युलाई जोगाउन सकियोस् भन्ने छ। प्रधानमन्त्रीजीलाई चिन्ता गणितलाई कसरी रक्षा गर्ने भन्ने मात्रै छ।’

उनले थपे, ‘प्रधानमन्त्रीको पद शानदार हो, शानदार मात्रै होइन, दमदार पनि हो भन्नेकुरा बिर्सिनुभएको छ। प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ।’

महामन्त्री शर्माले नेपालमा आशावादी सम्भावनाहरू रहेको भएपनि त्यसलाई सही सदुपयोग गर्न नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .