ad ad

राजनीति


संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख निवासमा छलफल

संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख निवासमा छलफल

सभामुख निवासमा बिहीबार बिहान जारी छलफल।


नेपालखबर
असार ६, २०८१ बिहिबार ९:१५, काठमाडौँ

संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख निवासमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको छ।

यसअघि सभामुख घिमिरेले कर्मचारी आन्दोलनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग छलफल गरिसकेका छन्। 

आज संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची छ।

महत्त्वपूर्ण छलफल भइरहेका बेला कर्मचारीले गरेको असहयोगलाई सभामुख घिमिरेले गम्भीरताका साथ लिएका छन्।  

संसद्‌मा कार्यालय समयबाहेक अतिरिक्त समयमा काम गरेको भत्तालगायत सेवा/सुविधा थप गर्न माग गर्दै संसद् सचिवालयका कर्मचारी केही दिनदेखि आन्दोलनमा छन्।

 ११ बुँदे मागसहित आन्दोलित उनीहरूले यही असार ४ गते संसद्का महासचिवको कार्यालय घेराउ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .