ad ad

राजनीति


ठाकुरको प्रश्न– युद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसीमाथि किन?

ठाकुरको प्रश्न– युद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसीमाथि किन?

नेपालखबर
असार ४, २०८१ मंगलबार १८:४३, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरुमाथि मुद्दा लगाइएको प्रति सरकारलाई प्रश्न गरेका छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरु अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजिवन कैदको सजाय सुनाएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। 

‘नेपाल राज्यको इतिहास शान्तिपूर्ण कहिले भएन। मारकाट, धोकाधडी, षड्यन्त्रले भरिएको यहाँको इतिहास हो। त्यसैले आजभोलि जुन घटनाहरू भइरहेको छ, त्यो कुनै नौलो घटना होइन। त्यो राज्यको चरित्र हो, र अदालतको पनि त्यही चरित्र हुन्छ,’ ठाकुरले भने, ‘जो राज्यको चरित्र हुन्छ। किनकी राज्यको अङ्ग हो अदालत पनि। राज्यको चरित्रभन्दा भिन्न अदालतको चरित्र हुँदैन। त्यसैकारण अदालतको फैसलामा पनि त्यही देखिन्छ।’

पुराना पार्टीहरू हतियार उठाएरै आएपनि उनीहरुमाथि कुनै मुद्दा नभएको बताउँदै उनले माओवादीहरू जनयुद्धमा हतियार उठाएर आएपनि उनीहरूप्रति कुनै मुद्दा नभएको भन्दै मधेसीमाथि किन मुद्दा लाग्यो भनि प्रश्न गरे।

‘यहाँ पुराना पार्टीहरु जम्मै हतियार उठाएर नै आएका छन्। माओवादी तपाईंहरू जनयुद्ध गरेर नै आउनुभएको छ। तर बताउन सक्नुहुन्छ? उनको कुनैमाथि मुद्दा छ? कसैको माथि मुद्दा छ? आन्दोलन गरेर आएका? हतियार नै उठाएर आएका? छैन। अनि मधेसीहरू माथि नै किन? मेरो यो प्रश्न।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .