ad ad

राजनीति


प्रहरीले विश्वसनीयता गुमाउँदै गयो : सांसद पौडेल

प्रहरीले विश्वसनीयता गुमाउँदै गयो : सांसद पौडेल

नेपालखबर
असार ४, २०८१ मंगलबार १४:४४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका हुन्। उनले गृह मन्त्रालयको नेतृत्वले भनेको कुनै पनि काम नहुने स्थिति बनेको जिकिर गरे। 

सार्वजनिक जग्गादेखि लिएर सुशासन कायम गर्ने सन्दर्भमा गृह मन्त्रालयले स्पष्टता प्रश्तुत गर्न नसकेको उनको भनाइ छ।

‘यो विनियोजनले आर्थिक अनुशासनलाई पालना गरेको देखिँदैन। खासगरी मन्त्री र सरकारहरुको कारणले हाम्रो व्यवस्था र संघीयतामाथि सबभन्दा बढी टिकाटिप्पणी भइरहेको छ। कथनीमा एउटा कुरा गर्ने, संघीयताप्रति असाध्यै प्रतिवद्ध भएको जस्तो देखिने। करणीमा त्यसको ठिक उल्टो हुने,’ उनले भने, ‘विगतका सरकारहरुका कारणले, मन्त्रीमण्डलमा बस्ने पात्रहरुका कारणले हाम्रो सुशासन खल्बल्लिएको छ। संघीयतामाथि प्रश्न उठेको छ र व्यवस्थामाथि प्रश्न उठेको स्थिति छ। करेक्शन गर्न कोही तयार छैन। खाली बोलि मात्रै राखिएको छ। बेथिति बढिरहेको छ।’

साथै, आगामी आर्थिक वर्षको बजेट विनियोजनले आर्थिक अनुशासनको पालना नगरेको बताउँदै उनले विगतका सरकारहरू र मन्त्रीका कारणले वर्तमान व्यवस्थामाथि टिकाटिप्पणी भइरहेको बताए।

‘योजनाको छनौट कसरी भयो र के आधारमा बजेट विनियोजन भयो गम्भीर प्रश्न। गृह मन्त्रालयमा प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ। नेतृत्वले भनिरहने कुनैपनि काम नहुने स्थिति बनेको छ। गृह मन्त्रालयको पनि चालु खर्च १ अर्ब १० करोड वृद्धि भएको स्थिति छ। सार्वजनिक जग्गादेखि लिएर सुशासन कायम गर्ने सन्दर्भमा गृह मन्त्रालयले जुन स्पष्टता प्रस्तुत गर्नुपर्ने हो त्यो स्पष्टता प्रस्तुत गरेको स्थिति छैन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .