ad ad

राजनीति


कांग्रेस सांसद चौधरी भन्छिन् : बजेट पुस्तिका च्यात्ने खालकै छ

कांग्रेस सांसद चौधरी भन्छिन् : बजेट पुस्तिका च्यात्ने खालकै छ

नेपालखबर
असार ४, २०८१ मंगलबार १५:२, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कदमको समर्थन गरेकी छन्।

मङ्गलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेका बताइन्। उनले मन्त्रीहरूलाई आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो भनि प्रश्न गरिन्।

‘आफ्नो निर्वाचन क्षेत्रको लागि मात्रै मन्त्री बन्नुभएको हो? के यसले देशको विकास हुन्छ?’ उनको प्रश्न थियो, ‘कर्णालीमा दुई लाख पुलमा। जनकपुरको वडामा चाहिँ एक करोड ७१ लाख रुपैयाँ सडक बनाउन। मधेस प्रदेशमै ८ वटा जिल्ला छ, के जनकपुर सबभन्दा पिछडिएको क्षेत्र हो?’

उनले लिङदेनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै सो कामको समर्थन गर्ने बताइन्। उनले बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने पनि बताइन्।

उनले भनिन्, ‘संसदमा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो। यो के राम्रो हो? यो राम्रो होइन। तर उहाँको पीडा छ च्यात्नुहुन्छ। च्यातेको म समर्थन गर्छु। किनभने यो च्यात्नुपर्छ। तर एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो।’

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .