ad ad

राजनीति


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आवश्यकता देखिएन : ज्ञानेन्द्र शाही

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आवश्यकता देखिएन : ज्ञानेन्द्र शाही

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १३:२५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका छन्। 

बिहीबार प्रतिनिधि सभा बैठकमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले यस्तो बताएका हुन्। 

प्रमुख सचतेक शाहीले सो मन्त्रालयको बजेट मन्त्री, सचिवलगायतका कर्मचारीको तलव, भत्तालगायतको सेवा सुविधामा मात्रै बजेट विनियोजन भएकाले सो मन्त्रालयको आवश्यकता नरहेको देखिएको जिकिर समेत गरे। 

‘केहीलाई मन्त्री बनाउन र उसको आसेपासेलाई जाखिर खुवाउनेका लागि हो भने भूमि व्यवस्था मन्त्रालयको आवश्यकता छैन। अहिले म बजेट पनि हेर्दैछु। बजेट हेर्दा कर्मचारीलाई पाल्ने, उनीहरुको बैठक भत्ता दिने, अनि मन्त्रीहरू कतै घुम्न गए भने खर्च गर्ने, मन्त्रीले चढने गाडी किन्ने, सचिवले चढने गाडी किन्ने,’ उनले भने।

उनले ‘खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जग्गा सारिकन पनि खानी चलाउनु’ भन्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्यउपदेश नेपालको भूमि सम्बन्धि नीति भएपनि सरकारले त्यसको अनुशरण गर्न नसकेको भन्दै आपत्ति जनाए। 

प्रमुख सचेतक शाहीले खेतीयोग्य जमिन आज कंक्रिटको सहरमा रुपान्तरित हुँदा पनि सरकारले त्यसको परिचालनका लागि आवश्यक कानून ल्याउन नसकेको बताए।

‘यहाँ भन्दा बढी अरू केहीपनि देखिएको छैन। पृथ्वीनारायण शाहले एउटा दिव्य उपदेश दिनुभएको थियो। उहाँले भन्नु भएको थियो–खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरू जग्गा सारिकन पनि खानी चलाउनु। यो उहाँको हाम्रो भूमि सम्बन्धि दिव्य उपदेश हो। आज जहाँ खानी छ, त्यहाँ बस्ती छ। जहाँ बस्ती छ, त्यहाँ खानी छ,’ शाहीले भने, ‘आज जहाँ जहाँ खेतीयोग्य जमिन छ। त्यहाँ आज कंक्रिटको सहर बन्दैछ। तराईको लहलह धान फल्ने भूमि आज हेर्न जाने हो भने कंक्रिटको सहर बनेको छ। आज काठमाडौँ कहीँकतै सास फेर्ने ठाउँ छैन। अनि भूमि सम्बन्धि ऐन, नीति, कानून बन्दैन त? अनि यो मन्त्रालय बनाएर एउटा कार्यकर्तालाई कुर्सी दिन यो मन्त्रालय र यसको बजेट किन आइरहेको छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .