ad ad

ग्लोबल


पेमा खान्डु लगातार तेस्रोपटक बने अरुणाचलको मुख्यमन्त्री

पेमा खान्डु लगातार तेस्रोपटक बने अरुणाचलको मुख्यमन्त्री

फाइल तस्बिर : पेमा खान्डु


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १३:३५, काठमाडौँ

पेमा खान्डुले लगातार तेस्रोपटक भारतीय राज्य अरुणाचल प्रदेशको मुख्यमन्त्रीको शपथ खाएका छन्। उनीसँगै चुन मिनले उपमुख्यमन्त्रीको शपथ खाएका छन्। 

पेमा खान्डुको नेतृत्वमा भाजपाले अप्रिल १९ मा भएको विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो।

बिहीबार कडा सुरक्षा व्यवस्थामा आयोजित शपथ ग्रहण समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्रीहरू जेपी नड्डा, किरेन रिजिजु र असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा सहभागी भएका थिए।

भाजपाले लगातार तेस्रोपटक अरुणाचल राज्यमा सत्ता हात पार्न सफल भएको हो।

६० सदस्यीय विधानसभामा भाजपाले ४६ सिट जितेर बहुमत हासिल गरेको छ। जसमध्ये १० सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित भएका १० उम्मेदवारमध्ये पेमा खान्डु पनि थिए। 

नेसनल पिपुल्स पार्टीले पाँच सिट र पिपुल्स पार्टी अफ अरुणाचलले दुई सिट जितेका छन्।

एनसीपीले तीन र कांग्रेसले एक सिट जितेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .