ad ad

राजनीति


क्यानले सन्दीपलाई १५ सदस्यीय टोलीमा नराख्दा अमेरिकाले भिसा दिएन: भीम आचार्य

क्यानले सन्दीपलाई १५ सदस्यीय टोलीमा नराख्दा अमेरिकाले भिसा दिएन: भीम आचार्य

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १२:२८, काठमाडौँ

एमालेका सांसद भीमप्रसाद आचार्यले आईसीसी टी- ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता गरेको आरोप लगाउँदै नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वमाथि छानविन गर्न माग गरेका छन्। 

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आईसीसी टी- ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको दाबी गर्दै छानविनका लागि आयोग गर्न माग गरेका हुन्। 

‘क्यानको नेतृत्वबाट अनियमितता भएको खबर सञ्चार माध्यमहरुमा आइरहेका छन्,’ उनले भने, ‘सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको छ।’

उनले लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा क्यानले समावेश नगरेका कारणले उनले भिसा नपाएको दाबी गरे। 

‘खेलाडीको साख बेचेर, खेलाडीलाई होटेलमा उभ्याएर चन्दा उठाएर दुरुपयोग गरिएको भन्ने गुनासो आएको छ,’ उनले भने, ‘अवैध रुपमा जर्सीहरु अमेरिका लगेर नेपालीलाई महङ्गोमा बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासाहरु आएका छन्।’

उनले खेलाडीले हस्ताक्षर गरेका ब्याट र टिसर्ट मर्यादाहिन ढंगले बिक्री गरि हिनामिना गरेको पनि दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .