ad ad

कारोबार


प्रभु बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १२:२७, काठमाडौँ

प्रभु बैंकले १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले मंगलबार ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो। 

बैंकले नवल किशोर राजभण्डारीको स्वामित्वमा रहेको ८६ हजार ४ सय ६६ कित्ता, भुपाल दाहालको ६२ हजार १ सय ५२ कित्ता, विमल तिमल्सिनाको ८ हजार ५ सय ३२ कित्ता, सुदन प्रसाद अधिकारीको ५ हजार ४ सय ८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। 

बैंकले ३५ दिनभित्र इच्छुक लगानीकर्ताबाट आवेदन माग गरेको छ। 

यसअघि पनि बैंकले उक्त सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुमा आह्वान गरेकोमा आवेदन परेको थिएन। आवेदन नपरेपछि बैंकले दोस्रो पटक सूचना जारी गर्दै सर्वसाधारणले समेत किन्न सक्ने व्यवस्था गरेको छ।

यद्यपि बैंकले सेयरको मूल्य भने उल्लेख गरेको छैन। इच्छुक लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .