ad ad

राजनीति


एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल

एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल

नेपालखबर
जेठ २८, २०८१ सोमबार १६:१८, अर्घाखाँची

नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल निर्वाचित भएका छन्।

सन्धिखर्कमा भएको नवौँ जिल्ला अधिवेशनले आज पिताम्बर भुसालको नेतृत्वमा ८७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

भुसाल आठौँ जिल्ला अधिवेशनमा पनि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए। दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्।

उपाध्यक्षमा शम्भुप्रसाद पोख्रेल, सचिवमा तोजबहादुर रायमाझी, उपसचिवमा खगेश्वर पन्थी र शिवकला विक निर्वाचित भएका छन्।

केही पदका लागि निर्वाचन र केही सर्वसम्मत गरी ८७ सदस्यीय जिल्ला कमिटी निर्माण भएको निर्वाचन समितिले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .