ad ad

राजनीति


मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी, जनमतले सरकार बनाउने

मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी, जनमतले सरकार बनाउने

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १९:११, काठमाडौँ

मधेस सरकारबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ।

मंगलबार दुई मन्त्रीहरु भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात व्यवस्थामन्त्री बेची लुंगेलीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका छन्।

मधेस प्रदेशमा एकीकृत समाजवादीका सात सा‌ंसद छन्।

यादवले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए।

तर, एकीकृत समाजवादीले एक दिनअघि नै राजीनामा दिएपछि यादवको विश्वासको मत पाउने सम्भावना लगभग सकिएको छ।

‘हामी मधेस सरकारबाट बाहिरिएका छौँ। अहिले मुख्यमन्त्रीलाई राजीनामापत्र बुझायौँ’, मन्त्री न्यौपानेले नेपालखबरसँग भने, ‘सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौँ।’

एकीकृत समजावादीका अध्यक्ष माधव कुमार नेपालले आइतबार, सोमबार तीन पटक प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल भएको थियो।

एकीकृत समाजवादीले सुदूरपश्चिम सरकार विस्तार गर्न सकेको छैन। त्यही भएर मधेस प्रदेशबाट पनि हटेको थिएन।

सोमबार शीर्ष नेताहरु प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच प्रदेश सरकारलाई बलियो बनाएर जाने सहमति जुटेको थियो।

त्यसको भोलिपल्ट समाजवादीले मधेस प्रदेश सरकार छोडेको छ।

वैशाख ३० गते एमाले र माओवादी केन्द्रले यादव सरकार छोड्दै समर्थन फिर्ता लिएका थिए।

मधेसमा जनमत पार्टीलाई सरकारको नेतृत्व दिन चार दलबीच सहमति जुटिसकेको छ।

जनमत पार्टीले मधेसमा मुख्यमन्त्री शपथ नगरी केन्द्र सरकारमा सहभागी नहुने अडान लिएको थियो। अब जनमतलाई केन्द्रीय सरकारका सहभागी हुने बाटो खुलेको छ। यस्तै, सुदुरपश्चिम सरकार पनि विस्तार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .