ad ad

राजनीति


कांग्रेसले भन्यो– बजेटले बाटो पक्रिएन, राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दियो

कांग्रेसले भन्यो– बजेटले बाटो पक्रिएन, राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दियो

नेपालखबर
जेठ २०, २०८१ आइतबार १४:३१, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको बताएका छन्। 

आइतबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले आवश्यकको आधारमा बजेट विनियोजन नगरेर सरकारले आफू खुशी अघि बढ्ने बाटो लिएको समेत बताए। 

प्रवक्ता महतले देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौति गर्ने काम गरेको भन्दै आपत्ति जनाए। अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट थुपारेर सरकारले गलत बाटो लिएको उनको दाबी थियो। प्रवक्ता महतले सत्तारुढ गठबन्धनमुखि बजेट ल्याउने काम गरिएको आरोप पनि लगाए।

‘सरकारले बजेट ल्याउँदा प्राथमिकतालाई तिलाञ्जली दियो। यहाँ खानेपानीको अत्यन्त समस्या छ। तपाईदेखि पहाडसम्म नै समस्या छ। पानीका स्रोतहरू सुकेका छन्। अब खानेपानीमा पहिला २८ अर्ब थियो, अहिले २६ अर्ब बजेट राखिएको छ। सम्पूर्ण रकम अर्थ मन्त्रालय, शहरी मन्त्रालयमा र केही चाहीँ भौतिक मन्त्रालयमा केन्द्रित गरिदिनु भयो,’ उनले भने, ‘कानून मन्त्रालयमा ७७ करोडबाट ५४ करोडमा झारिदिनु भयो। यसरी विनियोजन गरिएको छ। जुन ठिक छैन। सभामुख महोदय, म के निवेदन गर्न चाहन्छु भने यो बजेटले धेरै कुरा नबोलीकन आफ्नो हिसाबले खर्च गर्ने बाटो लियो। त्यो बेठिक भईराखेको छ। यो बजेटले ठिक बाटो पक्र्रन सकेन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .