ad ad

राजनीति


रास्वपाले देश बिगार्‍यो भन्दै पुराना दलहरू पन्छिन खोजे : सांसद झा

रास्वपाले देश बिगार्‍यो भन्दै पुराना दलहरू पन्छिन खोजे : सांसद झा

नेपालखबर
जेठ २०, २०८१ आइतबार १४:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरू देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताएका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद झाले देशमा राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारीतन्त्र, नीजि क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताए। 

उनले केही पुराना दलहरूले आफूहरूलाई देश बिगारेको भन्दै पन्छिन खोजेको पनि बताए। साथै, उनले आफूहरू राजनीतिमा आएको २३ महिना, संसदमा आएको १७ महिना र सरकारमा आएको १२२ दिनमात्रै भएको भन्दै आफूहरु राम्रो काम गर्ने प्रयास गरिरहेको बताए। 

‘२३ महिनामा राजनीति, १७ महिनामा सदन र १२२ दिनमा राज्यव्यवस्था बुझ्न केही बाँकी छ होला। हामी प्रयासहरू गर्दैछौँ। हामी अरु केही विकल्प नभएर राजनीतिमा आएको राजनीतिज्ञहरू पनि होइनौँ। हाम्रो विगत कमजोर पनि थिएन,’ सांसद झाले भने, ‘हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यतिचोटी टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिइरहेको पनि छैन। हामीसँग अरु धेरै आधार छ। केही गर्न आएकै छौँ। केही गर्ने प्रयास गरिरहेका छौँ।’

उनले आफूहरू केही विकल्प नभएर राजनीतिमा आएको व्यक्तिहरू नभएको बताउँदै उनले आफूहरूको विगत कमजोर नभएको भन्दै धेरै आधार रहेको बताए। 

‘सदन खुलेको छ खुसीको कुरा। यति दिन बन्द हुँदै गर्दा चुरे दोहनको कारणले गर्दाखेरी मधेसको पानीको सतह तल गइसकेर मान्छेहरु मध्यरातमा उठेर पानी तान्छन् र चलाउँछन् किनकी दिउँसो पानी आउँदैन। यत्रो दिन त्यो चिन्ता कहाँ गएको थियो ? डढेलो लाग्दा हामी बोल्न चाहान्थ्यौँ। आज आएर सबै सरोकार सबै चिन्ता देखाउँदै हुनुहुन्छ?’ 

उनले संसद बन्द हुँदा जनसरोकारका विषयमा आफूहरूले बोल्न नपाएको गुनासो गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .