ad ad

राजनीति


गगन भन्छन् : संसद नै अन्त्य गर्ने जालझेल भएपछि रविको नाम छोड्यौँ (भिडिओ)

गगन भन्छन् : संसद नै अन्त्य गर्ने जालझेल भएपछि रविको नाम छोड्यौँ (भिडिओ)

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १७:२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेको नाम संसदीय छानबिन विशेष समितिमा नराखेपनि छानबिनमा स्वतः तानिने बताएका छन्।

सामाजिक सञ्जालमा ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठनको पृष्ठभूमी र उद्देश्यबारे स्पष्ट पार्दै थापाले समिति नै नबनाउने जालझेल भएपछि गृहमन्त्री लामिछानेको नाम नराखेरै समिति बनाउन कांग्रेस तयार भएको बताएका छन्।

थापाले सार्वजनिक गरेको भिडिओ सन्देशमा थापाले छानबिन समितिको आवश्यकता किन पर्‍यो, अब यसले कसरी काम गर्छ र कांग्रेसले संसदमा र सडकमा उठाउँदै आएका मागहरू कसरी सम्बोधन हुने दिशामा अगि बढे, भन्ने विषय समेटेका छन्।

उनले भनेका छन्, ‘फरक पार्टीको नेताले पनि के भन्ने अवस्था आयो भने यो (रवि लामिछाने) नामै तोकेर समिति बनाउँ भनेर कांग्रेसले भनिराखेको छ। संसद अरु केही दिन यसरी पेलेर चलाउने। सभामुखले पनि साथ दिनुभएकै छ। त्यसपछि संसद बन्द गर्दिने। संसद बन्द गरिसकेपछाडी अब ६ महिना पछि मात्रै, करिब करिब एक्कैचोटी ६ महिनापछि संसद बोलाए भैहाल्यो। र, संसदीय समिति नबनाउने।’

उनले गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको र रकम अपचलन गरेको प्रमाण भएकोले गोर्खा मिडियाको नाम राखेर सो बारे अनुसन्धान सुनिश्चित हुनेगरी अनुसन्धान अघि बढाउन तयार भएको बताए।

थापाले सहकारीका लाखौं बचतकर्ताको रकम फिर्ता हुन्छ भनेर बचतकर्तालाई आश्वस्त पार्न नसकिने पनि स्पष्ट पारेका छन्।

तर, छानबिन समितिले सहकारीको रकम अपचलनमा संलग्नलाई कारबाही, पीडितको बचत फिर्ता र सहकारीमा सुधारका उपायसहितको सुझाव संसदीय समितिले दिने विश्वास व्यक्त गरेका छन्।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .