राजनीति


ट्रम्प भ्रमणमा सुकुम्बासी बस्ती छेक्न मोदीको गृहनगरमा ठड्याइयो ६ सय मिटर लामो पर्खाल

ट्रम्प भ्रमणमा सुकुम्बासी बस्ती छेक्न मोदीको गृहनगरमा ठड्याइयो ६ सय मिटर लामो पर्खाल

नेपालखबर
फागुन ११, २०७६ आइतबार १४:४,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार भारत आउँदैछन्। उनको भ्रमणलाई भव्य बनाउन नरेन्द्र मोदी सरकारले कुनै कसर छोडेको छैन।

ट्रम्प भ्रमणको मुख्य केन्द्र हुनेछ, मोदीले लामो समय मुख्यमन्त्री चलाएको गुजरातको अहमदावाद सहर। ‘नमस्ते ट्रम्प’ नाम दिइएको एउटा कार्यक्रममा क्रिकेट रंगशालामा करिब एक लाख मानिसलाई ट्रम्प र मोदीले सम्बोधन गर्नेछन्।

ट्रम्प भ्रमणको तयारीका लागि अहमदावादमा एउटा ६ सय मिटर लामो पर्खाल समेत ठड्याइएको छ।

त्यो पर्खाल नजिकै रहेको सुकुम्बासी बस्तीमा ट्रम्पको आँखा नपरोस् भनेर भाट मोटेरा सडकमा यस्तो उपाय अपनाइएको भन्दै मोदीको आलोचना पनि भएको छ।

कांग्रेस नेता शशि थरुरले ट्विटरमा यसको मजाक उडाएका छन्।

शिव सेना दलले पनि मोदीले गरिबको घर छेकेर गरिबी लुकाउन खोजेको आरोप लगाएको छ।

त्यस्तै रंगशालानजिकै रहेका ४५ परिवारलाई पनि जग्गा खाली गर्न सूचना दिइएको छ।

यद्यपि सरकारी अधिकारीहरुले सो पर्खाल र जग्गा खाली गर्ने निर्देशनको भ्रमणसँग कुनै साइनो नरहेको दाबी गरेका छन्।

Modi-Trump-Ahmedabad5.jpg

मोदी सत्तामा आएपछि कूटनीतिमा अहमदावादको भूमिका बढ्दै गएको छ। उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानी प्रधानमन्त्री आबे सिन्जो र इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलाई पनि सो सहरमा स्वागत गरिसकेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad