ad ad

राजनीति


कांग्रेसको नाराबाजी हेर्दै जब स्वर्णिमले नीति तथा कार्यक्रममाथिको छलफल बिर्सिए (भिडिओसहित)

कांग्रेसको नाराबाजी हेर्दै जब स्वर्णिमले नीति तथा कार्यक्रममाथिको छलफल बिर्सिए (भिडिओसहित)

नेपालखबर
जेठ १३, २०८१ आइतबार १३:२, काठमाडौँ

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरिरहेको छ। नाराबाजीकैबीच सभामुख देवराज घिमिरेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाएका छन्। 

अहिले एकातर्फ कांग्रेस सांसदहरू वेल घेर्दै नाराबाजी गरिरहेका छन्, भने सत्तापक्षका सांसदहरू नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका छन्। 

नेकपा एमालेका सांसद विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद स्वर्णिम वाग्ले लगायत छलफलमा भाग लिए। 

रास्वपा सांसद वाग्ले संसद्को रोष्ट्रममा पुगेपछि कांग्रेस सांसदहरू झनै आक्रोशित भएका थिए। वाग्लेले भने कांग्रेसको प्रदर्शन लज्जास्पद भएको टिप्पणी गरे।

उनले नीति तथा कार्यक्रममाथि छलफल गर्ने भनिएपनि राजनीतिक विषयवस्तुमा प्रवेश गरे। 

 

‘गरिमामय संसद्मा उपस्थित भएर बोल्नपर्ला जस्तो मलाई लागेको थिएन। ६५ वर्षअघि लोकतान्त्रिक आन्दोलनका धरोहर, मेरा राजनीतिक आदर्श बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो लज्जास्पद, औचित्यहिन विरोधप्रति मेरो घोर खेद छ,’ सांसद वाग्लेले भने। 

वाग्लेको यो सम्बोधनपछि सभामुख देवराज घिमिरेले विषयमा केन्द्रित हुन आग्रह गरे। 

तर, वाग्ले फेरि राजनीतिक विषयवस्तुमै प्रवेश गरे। 

‘संसद्को ओझ, गरिमालाई असान्दर्भिक बनाउने कदमप्रति समस्या समाधान गर्ने हो? ७४ लाख बचतकर्ताको बचत सहकारीमा राखिएको छ,’ उनले भने।

त्यसपछि सभामुख घिमिरेले पुनः विषयमा केन्द्रित हुन उनलाई रुलिङ गरे।

त्यसपछि उनले नीति तथा कार्यक्रममा आफ्नो पार्टीको सहमति भएको निर्णय सुनाउँदै रोष्ट्रमबाट बिदा भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .