ad ad

कारोबार


विरोधकै बीच छलफलमा उठेका प्रश्नको जवाफ दिँदा नमिठो लाग्यो : प्रधानमन्त्री

विरोधकै बीच छलफलमा उठेका प्रश्नको जवाफ दिँदा नमिठो लाग्यो : प्रधानमन्त्री

नेपालखबर
जेठ १३, २०८१ आइतबार १३:४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले विरोधकै बीचमा छलफलमा उठेका प्रश्नको जवाफ दिँदा नमिठो लागेको बताएका छन्। 

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन्।

उनले केही दिनयता राजनीतिक दलहरु, प्रतिपक्ष दलका नेताहरुसँगको छलफल जारी राखेको र सहमति र समझदारीको धेरै नजिक पुगेको महशुस गरेको उनले बताए। 

बूढानीलकण्ठमै पुगेर आज बिहान पनि सहमतिको प्रयास गरेको उनले बताए। बजेट वक्तव्य पढ्ने बेलासम्म सहमतिमा पुगिने आशा गरे।

उनले छानबिन समिति बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आपत्ति छैन भनेकाले सहमतिमा चाँडै पुगिने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .