ad ad

राजनीति


राष्ट्रिय सभा कार्यव्यवस्था बैठक जारी

राष्ट्रिय सभा कार्यव्यवस्था बैठक जारी

नेपालखबर
जेठ १३, २०८१ आइतबार ११:२९, काठमाडौँ

राष्ट्रिय सभाको कार्यव्यवस्था समितिको बैठक बसेको छ। संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको नेपाली कांग्रेसले संघीय संसद्को दुवै सदनको बैठक अवरोध गर्दै आएको छ। 

अवरुद्ध बैठक खुलाउनेगरी कांग्रेससँग सहमतिको प्रयासस्वरुप अध्यक्ष नारायण दाहालले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका हुन्।

गृहमन्त्री लामिछानेसमेत सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै कांग्रेसले संसद्‌‌मा अवरोध सिर्जना गर्दै आइरहेको छ। 

सरकारलाई आगामी जेठ १५ गते बजेट ल्याउनैपर्ने बाध्यात्मक परिस्थिति छ। अध्यादेशबाट बजेट आउनसक्नेसम्मका चर्चाकाबीच संसद्को डेढ लक अन्त्य गर्नेगरी नेताहरू छलफलमा जुटेका छन्।

तर सहमति भने जुट्न सकेको छैन।

जसका कारण गत जेठ १ गते संघीय संसद्को दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .