ad ad

राजनीति


संसद् सुरु हुने बेला कांग्रेस कार्यालयमा विपक्षी दलहरूको बैठक

संसद् सुरु हुने बेला कांग्रेस कार्यालयमा विपक्षी दलहरूको बैठक

बानेश्वरमा शुक्रबार बिहान जारी विपक्षी दलहरूको बैठक।


नेपालखबर
जेठ ११, २०८१ शुक्रबार ११:११, काठमाडौँ

संसद् सुरु हुने बेला नयाँ बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बसिरहेको छ। 

अहिले बिहान ११ बजेकै लागि प्रतिनिधि सभाको बैठक बस्ने तालिका थियो। 

त्यही बेला प्रमुख प्रतिपक्षी कांग्रेले विपक्षी दलहरूको बैठक राखेको हो। 

कांग्रेसले सदनमा कसरी अघि बढ्ने भन्ने विषयमा राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी दलहरूसँग छलफल गरिरहेको हो।

सहकारीको रकम अपचलन र हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भए पनि कार्यादेशमा कुरा मिल्न नसक्दा कांग्रेसले संसद्‌मा अवरोध जारी राखेको छ। 

यहीबीच उता कानुन मन्त्रालयमा भने कार्यादेशमा सहमति जुटाउन कार्यदलको बैठक बसिरहेको छ। 

आज संसद्‌मा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ।

तर यो खबर लेख्दासम्म ११ बजे नै सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक सुरु हुन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .