ad ad

राजनीति


बालेन्द्रको चेतावनीपछि फोहोरका गाडी चालक रिहा

बालेन्द्रको चेतावनीपछि फोहोरका गाडी चालक रिहा

नेपालखबर
जेठ ७, २०८१ सोमबार २०:१३, काठमाडौँ

काठमाडौं महानगरपालिकाका फोहोरको गाडी चलाउने चारजना चालक रिहा भएका छन्।

सोमबार प्रहरीले पक्राउ गरेका चालकलाई मेयर बालेन्द्र शाहको चेतावनीपछि सरकारले रिहा गरेको हो।

प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टी नेकपा माओवादी केन्द्रको मुख्यालयमा थुपार्न चार ट्रक फोहोर लैजानेक्रममा चालकलाई प्रहरीले गिरफ्तार गरेको थियो।

त्यसपछि मेयर बालेन्द्रले सिंहदरबार र नेताका घरको फोहोर नउठाउने चेतावनी दिएका थिए।

गाडी चालक रिहा भएपछि बालेन्द्रले पुनः सामाजिक सञ्जालमा लेखेका छन्, ‘जो कोहीले यत्ति बुझ्नुहोला। पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन।’

उनले चेतावनी दिँदै भनेका छन्, ‘आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन। बुझेर कदम चाल्नुहोला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .