ad ad

राजनीति


बालेनले फोहोरका ४ गाडी पेरिसडाँडा पठाउन खोज्दा चालकहरू प्रहरी फन्दामा

बालेनले फोहोरका ४ गाडी पेरिसडाँडा पठाउन खोज्दा चालकहरू प्रहरी फन्दामा

नेपालखबर
जेठ ७, २०८१ सोमबार १९:२६, काठमाडौँ

उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बन्चरेडाँडा क्षेत्रमा फेरि अवरोध हुन थालेपछि काठमाडौँ महागरपालिका प्रमुख बोलेन्द्र शाह आक्रोशित छन्। आफूलाई असफल पार्न पुराना राजनीतिक दलका नेता–कार्यकर्ताले निहुँ खोजेको उनको बुझाइ छ।

यही बुझाइका आधारमा उनले सांकेतिक विरोधस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टी माओवादी केन्द्रको पेरिसडाँडास्थित मुख्यालयमा चार ट्रक फोहोर विसर्जन गर्न निर्देशन दिएको महानगरका एक अधिकारीले बताएका छन्।

बालेनको निर्देशनअनुसार चार ट्रक फोहोर पनि तयार भयो। तर, ती ट्रक चालक प्रहरीको फन्दामा परेका छन्। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि महानगर प्रमुख शाह थप आक्रोशित भएका छन्।

उनले ती चालक ससम्मान रिहा नभएसम्म सिंहदरबार, सबै पार्टी कार्यालय र नेताका घरको फोहोर नउठाउने चेतावनीसमेत दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले। जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन। कोको जुध्न आउने हो, आए हुन्छ। कसैलाई बाँकी छोडिँदैन।’

यसअघि शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनीसमेत दिएका थिए। यति मात्र होइन, फोहोर व्यवस्थापनमा सहयोग नगरेको भन्दै उनले केही समय सिंहदरबारसहित विशिष्ट पदाधिकारीका निवासको फोहोरसमेत उठाउन रोकिदिएका थिए।

अहिले प्रधानमन्त्रीको पार्टी कार्यालयमा फोहोर पठाउने कदमले संघीय सरकारसँग पुनः टक्कर बढ्ने देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .