ad ad

राजनीति


रविलाई गगनको चुनौती– फाइल खोलौँ भनेर धम्क्याउने होइन, खोलेर देखाउनुस्

रविलाई गगनको चुनौती– फाइल खोलौँ भनेर धम्क्याउने होइन, खोलेर देखाउनुस्

नेपालखबर
जेठ ६, २०८१ आइतबार १९:५९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ, खोलौँ भन्दै नधम्क्याई फाइल खोलेर देखाउन चुनौती दिएका छन्। 

आइतबार साँझ नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले सो चुनौती दिएका हुन्। 

त्यसअघि गृहमन्त्री लामिछानेले संसद् बैठकमा सम्बोधन गरेका थिए। उनले कांग्रेस नेताहरूको नामै किटेर भ्रष्टाचारका फाइल खोल्नपर्ने हो? भन्दै प्रश्न गरेका थिए। 

जसको जवाफमा थापाले भनेका छन्, ‘फाइल खोलौँ, खोलौँ भनेर धम्काउने होइन के, छानबिन गरौँ, गरौँ भन्ने होइन।’

थापाले अघि थपे, ‘म महामन्त्री यहीँ छु, उपसभापति धनराज गुरुङ यहीँ हुनुहुन्छ। सबै छानबिन गर्नुस्, नधम्क्याउनुस्, नतर्साउनुस्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .