ad ad

राजनीति


प्रचण्डलाई शेखरको प्रश्न– कति पटक विश्वासको मत लिनुहुन्छ?

प्रचण्डलाई शेखरको प्रश्न– कति पटक विश्वासको मत लिनुहुन्छ?

नेपालखबर
जेठ ५, २०८१ शनिबार १५:०, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक विश्वासको मत लिएकोप्रति आपत्ति जनाएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो पटक संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनले त्यसप्रति आपत्ति जनाएका हुन्। 

कोइरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने? भनी प्रश्न समेत गरे।

‘उहाँलाई अहिले अप्ठ्यारो के परिराखेको छ भने ७ गते विश्वासको मत लिनुछ। कति चोटी विश्वासको मत लिनु हुन्छ? सरकारमा प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ। ३ चोटी त भइसक्यो। र यही तरिकाले सरकार चल्ने हो भने अझ २/४ चोटी सरकार फेरिरहन्छ,’ कोइरालाले भने।
प्रधानमन्त्री प्रचण्ड आफैँलाई प्रधानमन्त्री के का भएको भन्ने जिज्ञासाको जवाफ नभएको जिकिर पनि गरे। 

‘राजनीतिक दलहरु को प्रधानमन्त्री हुनेमा नै सीमित भइरहनुभएको छ। मलाई त त्यही आभास हुन्छ। सबै राजनीतिक दलको नेतृत्व वर्गसँग कुरा गर्दाखेरी को प्रधानमन्त्री हुने, कसरी जाने सोच बनाएर अगाडि बढिरहनु भएको छ। के को लागि प्रधानमन्त्री बन्ने? प्रधानमन्त्री बनेर गर्ने के? भन्ने कुरा आज तपाईहरुले कसैलाई सोध्नुभयो? प्रचण्डजीलाई नै गएर सोध्नुभयो भने पनि उहाँले पनि भन्नसक्ने अवस्था छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .