ad ad

राजनीति


कहिले घट्छ, कहिले बढ्छ तर विश्वासको मत सहजै पाउँछु : प्रधानमन्त्री

कहिले घट्छ, कहिले बढ्छ तर विश्वासको मत सहजै पाउँछु : प्रधानमन्त्री

नेपालखबर
जेठ ५, २०८१ शनिबार १४:४०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ ७ गते (सोमबार) संसद्‌बाट विश्वासको मत पाउने कुरामा कुनै द्वीविधा नभएको बताएका छन्। 

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेस नेताहरूले गरेको कटाक्ष पनि स्मरण गरे। 

‘७ गते फेरि विश्वासको मत लिने भनेर संसद् सचिवालयमा पत्र पठाएको छु। पर्सि ७ गतेको दिन विश्वासको मत लिनेछ। एकजना कांग्रेसको नेताले यो अवधिमा १२/१३ पटक विश्वासको मत लिनुपर्छ भन्ने लागेको छ भन्नुहुन्थ्यो,’ उनले भने। 

‘अघिल्लोपटक मैले तेस्रोपटक विश्वासको मत लिँदा अहिले चौथो पटक लिन लागेकोले पाचौँ छैटौं हुँदै जाने हो कि भन्ने देखिन्छ। जति पटक लिनुपर्ने भएपनि विश्वासको मत प्राप्त हुने कुरामा म विश्वस्त छु,’ प्रचण्डले अघि थपे, ‘तपाईंहरूले धेरै तनाव लिन पर्दैन, कहिले अलि बढ्छ, कहिले घट्छ, घटबढ त भइरहन्छ तर विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म द्वीविधामा छैन।’

प्रधानमन्त्री प्रचण्डले आगामी ७ गते चौथोपटक विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .