राजनीति


नगरपालिकाका प्राविधिक २ लाख घुससहित पक्राउ

नगरपालिकाका प्राविधिक २ लाख घुससहित पक्राउ

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ९:३५,

खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्राविधिक केसीले सो नगरपालिकको वडा नं ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।

आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित बिहीबार पक्राउ गरिएको भए पनि अनुसन्धान बाँकी रहेकाले आज सार्वजनिक गरिएको हो। आयोगका प्रवक्ता कोइरालाका अनुसार केसीलाई वडा नं १० मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad