समाज


शिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु

शिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ८:३२,

शिवरात्रि मनाउन सहयोग उठाइरहेका एक बालकको बसको ठक्रबाट मृत्यु भएको छ।

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्कर कालिञ्चोक गाउँपालिका ९ का पुजन थामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

थामीले शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थिए। सोही क्रममा उनलाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad