ad ad

राजनीति


सञ्चारमन्त्रीको राजीनामापछि बालुवाटारमा ओली-प्रचण्डबीच छलफल तय

सञ्चारमन्त्रीको राजीनामापछि बालुवाटारमा ओली-प्रचण्डबीच छलफल तय

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ६:१०,

सञ्चारमन्त्रीको राजीनामा र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार भेटघाट तय भएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बिहीबार पदबाट राजीनामा दिएका थिए।

दुई अध्यक्षबीच शुक्रबार बिहानै बालुवाटारमा छलफल हुने भनिए पनि प्रचण्ड पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन भक्तपुर पुगेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानले निर्माण गर्न लागेको भवनको शिलान्यासका लागि प्रचण्ड भक्तपुर पुगेका हुन्।

आफू समयको निकै चापमा रहेको भन्दै कार्यक्रमको सुरुमै बोलेका अध्यक्ष प्रचण्डले लगत्तै प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार जान लागेको बताए।

‘मलाई समयको असाध्यै दबाब परेको थियो। अहिले जे जस्ता राजनीतिक घटनाक्रम भएका छन्, त्यसका बारेमा प्रधानमन्त्रीसँग छलफल गर्ने कार्यक्रम छ’, उनले भने, ‘समयको दबाबका कारण मैले पहिल्यै बोल्ने अवस्था आयो।’

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले भक्तपुर आउने क्रममा नै बालुवाटारमा भेटघाट तय भएको बताए।

‘पूर्वनिर्धारित कार्यक्रम भएका कारण अध्यक्षज्यु भक्तपुर आउनुभएको हो’, सापकोटाले नेपालखबरसँग भने, ‘अब यहाँबाट बालुवाटार जाने कार्यक्रम छ।’

बालुवाटारमा दुई अध्यक्षबीच सञ्चारमन्त्रीको राजीनामा, समसामयिक राजनीति, मन्त्रिपरिषदमा हुने सम्भावित हेरफेरका विषयमा छलफल हुने बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .