ad ad

राजनीति


डोनाल्ड ट्रम्पका सल्लाहकार रोजर स्टोनलाई ४० महिना जेल सजाय

डोनाल्ड ट्रम्पका सल्लाहकार रोजर स्टोनलाई ४० महिना जेल सजाय

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ६:१३,

६७ वर्षीय स्टोनलाई अमेरिकी संसदमा सातपटक झुट बोलेको, संसदको काममा अवरोध पुर्याएको र प्रमाणलाई लुकाएको विषयमा दोषी ठहर गरिएको छ।

स्टोन ट्रम्पका महत्वपूर्ण सहयोगी मानिन्छन् जसलाई रोवर्ट मुलरको अनुसन्धानमा दोषी पाइएको छ। अमेरिकी वकिल मुलरको अनुसन्धान सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प र रुसबीचको साँठगाँठबारे आधारित छ।

स्टोनले सन् २०१६ मा विकिलिक्ससँग सम्पर्क गर्न खोजेको र पछि विकिलिक्सले ट्रम्पका प्रतिस्पर्धी विपक्षी डेमोक्रेटिक पार्टीकी राष्ट्रपतीय उमेदवार हिलारी क्लिन्टनको इमेल लिक गरी उनको छवीमा दाग लगाउने प्रयास गरेको थियो।

अमेरिकी गुप्तचर विभागले हिलारी क्लिन्टनको इमेल लिगमा रुसको हात भएको निश्कर्ष निकालेको थियो।

ट्रम्पले भने आफूले स्टोनलाई माफ गर्नसक्ने बताएका छन्। स्टोनले राजनीतिक जालझेलको शिकार आफू बनेको बताएका छन्।

स्टोनलाई २० हजार अमेरिकी डलर जरिवाना पनि हुनेछ भने २ सय ५० घन्टा सामाजिक कार्यमा विताउनु पर्ने सजाय अमेरिकी अदालतले तोकेको छ।

बिहीबार वासिङ्टन डीसीको आलतले न्यायाधीष एमी बम्र्यान ज्याक्सनले असह्य गल्ती गरेको बताइन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .