राजनीति


यस्ता छन् मन्त्रिपरिषदका चार निर्णय

यस्ता छन् मन्त्रिपरिषदका चार निर्णय

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १९:४२, काठमाडौँ

सरकारले समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने निर्णय गरेको छ।

बिहीबार (वैशाख २७ गते) को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

यस्ता छन् मन्त्रिपरिषदका मुख्य चार निर्णय
१) प्रहरी नायव महानिरीक्षकहरू उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने।

२) अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने।

३) समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा  नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने।

४) भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .