राजनीति


एकीकृत समाजवादीले भन्यो– जसपा विभाजन गर्ने गतिविधि निन्दनीय छ

एकीकृत समाजवादीले भन्यो– जसपा विभाजन गर्ने गतिविधि निन्दनीय छ

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १७:५३, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले सत्तामै रहेको दल जनता समाजवादी पार्टी (जसपा) विभाजनको गतिविधिमा लाग्नु निन्दनीय भएको ठहर गरेको छ। 

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले आफ्नो पार्टी एकताबद्ध रहेको र देशको राष्ट्रियता कमजोर पार्न खोज्नेहरूले विभिन्न नकारात्मक हल्ला चलाएको निष्कर्ष निकालेको हो।

अछामबाट निर्वाचित सांसद शेरबहादुर कुँवरले बैठकका निर्णयबारे जानकारी गराँउँदै भने, ‘जसपा समाजवादी मोर्चामा पनि सहभागी छ। सरकारमा सहभागी भएका दलहरू विभाजन गर्नेगरी जो जो बाट गतिविधि भएको छ, यो निन्दनिय छ। यो देशको राष्ट्रियतालाई कमजोर गर्ने र स्थायीत्व दिन भएका प्रयत्न कमजोर गर्ने खेल हो।’

साथै, उनले आफ्नो पार्टीका सांसदहरू विभाजित भएको भन्नेबारे कुनै सत्यता नभएको दाबी गरे। 

‘कपोकल्पित समाचार आएका हामीले सुन्यौँ। हाम्रो पार्टी प्रष्ट छ, हाम्रो पार्टीका सांसदहरू कहिँकतै जानुभएको छैन, साँठगाँठ गर्नुभएको छैन,’ उनले भने, ‘यो पार्टीको भूमिकालाई चाहे संसद्‌मा होस्, चाहे बाहिर होस् हामी एकढिक्का छौँ भन्ने आजको बैठकले निर्णय गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .