राजनीति


नयाँ पार्टी गठन गर्दै अशोक राई, निर्वाचन आयोगमा आधिकारिकता पेस

नयाँ पार्टी गठन गर्दै अशोक राई, निर्वाचन आयोगमा आधिकारिकता पेस

नेपालखबर
बैशाख २३, २०८१ आइतबार १७:४०, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन्।

आइतबार आयोग कार्यालय पुगेर निवेदन दिएको पार्टीकी सांसद सुशीला श्रेष्ठले नेपालखबरलाई जानकारी दिइन्। उनका अनुसार ७ जनाको हस्ताक्षरसहित आयोगमा पुगेर आधिकारिकता पेस गरिएको छ।

‘हामी ७ जना छौँ, आयोगमा पुगेर आधिकारिकता पेस गरेका छौँ,’ उनले भनिन्। श्रेष्ठ राईकी श्रीमती पनि हुन्।

राई नेतृत्वको समूहको यस कदमसँगै सत्तारूढ दल जसपा विभाजित भएको छ। यद्यपि, दल विभाजन गर्ने कानुन भने निष्क्रिय छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ मा अध्यादेश ल्याएर जसपा र तत्कालीन एमाले फुटाइएको थियो। उक्त अध्यादेश तत्कालै फिर्ता लिए पनि साविकको कानुनी व्यवस्था अझैसम्म जगाइएको छैन।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न संसद सचिवालयमा विधेयक दर्ता गराइएको भए पनि कांग्रेसको अवरोधका कारण सदनमा पेस हुन पाएको छैन।

जसपामा प्रतिनिधि सभातर्फ १२ सांसद छन्। यस्तै अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री छन्। प्रचण्ड नेतृत्वको सरकारमा जसपाका एक राज्यसहित तीन मन्त्री छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .